– नाम्सादिम संवाददाता

नेमा लोप्चनको `एला गोइलो´ म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरेको छ । तामाङ सुपर स्टार डम्फु मिडियाको युट्युब मार्फत भिडियो सार्वजनिक गरेको हो ।                   उक्त भिडियोमा नायक अमिर दोङ, सन्जिव गोले र रस्मिला लामाले अभिनय गरेका छन् । गीतमा शब्द निमा दोङको छ भने संगीत सानुबाबु घिसिङले दिएका छन् । गीतमा स्वार गायीका जितु लोप्चान र च्वाईस दोङको रहेको छ । एरेन्ज जोगलाल लामाले गरेको हो । यसैगरी गीतलाई मिक्सिङ दिपेश प्रधानले गरेको छ ।

कृष्ण ब्लोनले नृत्य निर्देशन गरेको भिडियोको अन्तिममा फिलिमी शैलिमा नायक अमिर दोङले छोटो लुगा लगाउनु हुन्न भन्ने सन्देश दिएको छ । दोङले धेरै म्युजिक भिडियो तथा चलचित्रहरुमा निर्देशनसंगै अभिनय गरिसकेका छन ।

Comments

comments