-नाम्सादिम संवाददाता
तामाङ आधुनिक प्रेम गीत `सेम ह्रो´ को म्युजिक भिडियो शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धमा उक्त भिडियोलाई सार्वजनिक गरेको हो ।

निर्देशक अजय स्याङतानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अभिनय गायिका सिरि लोप्चनसंगै नायक सागर घिसिङले गरेका छन् । शब्द ज्ञानदास तामाङको रहेको छ । गीतमा संगीत संयोजन तथा स्वर गायक बिहिन दोङ तामाङ र मोडल तथा गायिका सिरि लोप्चनको रहेको छ ।

यसअघि लोप्चनले म्हेन्दो माया, नुवाकोटला छामे, सिंगापुरकी लाहुरे, टिकटक, ङ्वन्छुप आहिन म्हाङरी, ल्हास्सो मैच्याङ बोलको गीतहरूमा स्वर दिइसकेका छन् । भिडियोलाई सिरि लोप्चन युट्युब च्याबलबाट दर्शकहरुको माजमा लाने गायिका तथा मोडल लोप्चनले बताइन् । भिडियोलाई गोकर्ण, चोबार, फार्पिङ, भैंसेपाटी लगायत विभिन्न स्थानमा छायांकन गरिएको निर्देशक स्याङतानले जानकारी दिए ।

सानै उमेरदेखि गीत संगीत क्षेत्रमा रुचि रहेको लोप्चन अब बिस्तारै तामाङ संगीतिक यात्रामा प्रवेश गरेकोले सबैले साथ दिन्छ भन्नेमा लोप्चन ढुक्क रहेकी बताउछिन । उनले गायन र अभिनयलाई संगसंगै अगाडि बढाउने बताइन् । यसैगरि गायक बिहिन दोङले ल्होछार खाजी, ङाला लिला गुङरी च्यागो, अड्कल लसि अपिनो माया, कसम कसम लयातको गीतहरुमा स्वर दिइसकेको छ ।

नायाक सागर घिसिङले चलचित्रमा पनि अभिनय गरिसकेको छ भने ४०,५० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेको छ । घिसिङ छिट्टै तामाङ चलचित्र ल्याउने तयारी समेत गरिरहेको जानकारी दिएको छ ।

Comments

comments