-नाम्सादिम संवाददाता
सानो उमेरमा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका शम्भु तामाङको बिहीबार निधन भएको छ । सन् १९७३ मे ५ तारिखका दिन १७ वर्षको सानो उमेरमा सगरमाथा आरोहण गरेका तामाङले ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा तामाङको निधन भएको हो । क्यान्सरले थलिएका तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवारले जानकारी दिएको छ ।

आरोही तामाङको पुर्ख्याउली घर सिन्धुपाल्चोक लिसंखुपाखर वडा नं २ ह्रिस्याङ्गु भएपनी महाराजगन्ज काठमाडौँमा बसोबास गर्दै आएका थिए । तामाङ तिलगंगा आँखा अस्पतालको पूर्व कोषाध्यक्ष हुन् ।

Comments

comments