-नाम्सादिम संवाददाता 

काठमाडौं/तामाङ चलचित्र `दार्बुङ´ प्रदर्शन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत उक्त चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । काठमाडौंको जमलमा असार ३२ गते प्रदर्शन गर्न लागेको चलचित्रका निर्देशक सन्जय लामा हुत्तले जानकारी दिएको हो ।

सामन्य परिवारमा जन्मेका अशक्त युवाको जीवन यापनका दौरानमा भोगेका वास्तविक कथालाई श्रब्यदृष्य मार्फत देखाउन खोजिएको निर्देशक लामाले बताए ।

उक्त चलचित्रमा स्वर्गीय जयनन्द लामा, हुत्त सन्जय लामा, सुनिता लुङ्बा, मान बहादुर तामाङ, सिर्जना गोले, डोमो ह्योल्मो, मायादेवी मोक्तान, भुइसाल लामावलगायतले अभिनय गरेका छन ।
कथा निरमाया घिसिङले लेखेकी हुन । निर्माता लोसाङ लामा,इकेस लामा, यसैगरि सहनिर्माता पर्खाइ मोक्तान/भुइसाल लामा रहेका छन । गीतमा स्वर बबिता पाख्रीन,पुजा लामा ,आकाश ब्लोन,कार्साङ लामा, जितु लामा, प्रयास दोङ लगायतको रहेका छन । चलचित्रको छायांकन ललितपुरमा भएको जानकारी लामाले दिए ।

पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका संघीय अध्यक्ष कुमार मोक्तानले शुभकामना व्यक्त गर्दै चलचित्र कर्मिहरुले फिलिम निर्मान गर्नु अघि राम्रोसँग अध्ययन गरेर बनाउन पनि अनुरोध गरेको छ । अध्ययन गर्न कन्जुस्याइँ गरेकाले कतिपय चलचित्रहरु गुणस्तरीय हुन नसकेको मोक्तानले बताए ।

Comments

comments