-नाम्सादिम संवाददाता
काठमाडौं । तामङ कथानक चलचित्र तामाङ `काख्रे´(गँगटो) यहि असार १८ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर आयोजकले चलचित्र प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
ऋतुराज पाख्रिनले लेखेको उक्त कथा रोशन फ्युवा तामाङले निर्देशन गरेको सम्मेलनमा जानएको छ । चलचित्रको निर्माण प्रबल थिङले गरेको छ भने सह-निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन् ।

चलचित्रको मुख्य भुमिकामा नायक ऋतुराज पाख्रिन र नायिका सुनिता लुङ्वा र कुईसाङ रुम्वालाई देख्न सकिने छ । यसैगरी
प्रबल थिङ, सिंगा बहादुर तामाङ, प्रभा घिसिङ, सपना वाइबा, किरण गोर्खे, रेशम स्याउले,किरण साजन,लोप्साङ लामा राम गोले, गेल्डेन तामाङ,रोशन तामाङ,माया स्याङबो, र बिशाल तामाङ लगायत अन्य कलाकारहरुको अभिनय गरेका छन् ।                                                           काठमाडौं छिरेका युवाहरु जीवनयापन ठमेलबाट सुरु हुन्छ । बिरामी आमाको उपचार खर्च जोहो गर्न शहर आएका युवा गाउँ समाज छोडेर शहर पसेको काख्रे पात्रको भेट हुन्छ । काख्रे पात्रको संगतमा अरु युवाहरु कहिले डान्सबार,कहिले लुटपाट, कहिले ग्याङ फाईटको कुलत बाटोमा फसेका हुन्छ । कथाकार तथा नायक ऋतुराज पाख्रीनले बताएको छ ।

Comments

comments