नाम्सादिम संवाददाता
जेष्ठ २३ काठमाडौं / विश्व नै कोरोना कहरले लथालिङ्ग थिलथिलो अवस्थामा पुगेपछी चलचित्र जगत पनि ठप्प हुनु कुनै नौलो कुरा होइन । यसै बीचमा नेपाल तामाङ चलचित्र संघले `सामाजिक संजाल´ नामक छोटो चलचित्र निर्माण गरेको छ । उक्त चलचित्रलाई संघको १४ औं वाषिर्कोत्सवका दिन जेष्ठ २८ गते प्रदर्शन गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रदर्शन गर्ने जानकारी संघका संघीय अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभएको हो । चलचित्र संघले रोशी गाउँपालिकासंगको सहकार्यमा चलचित्र निर्माण गरेको मोक्तानले बताउनु भयो ।
चलचित्रको कथा रोशी गाउँपालिकाका पुर्व अध्यक्ष डि बि मोक्तानको हो । यस चलचित्रलाई निर्देशन भने संघको अध्यक्ष कुमार मोक्तानले गरेको सम्मेलनमा जानकारी दिएको छ । छायांकन रोशी भेगमा नै गरेको जनाएको छ ।
करिव १० लाखको बजेटमा ४५ मिनेटको चलचित्र निर्माण भएको सम्मेलनमा मोक्तानले जानकारी दिनुभएको छ ।
उक्त चलचित्रलाई चलचित्र बिकास वोर्ड चाबहिलमा प्रदर्शन गर्ने तयारी सकिएको संघका उपाध्यक्ष अजय लामाले जानकारी दिनुभएको छ ।
१४ औं वार्षिक उत्सवको अवसर पारेर संघले विभिन्न विधामा काम गरिरहेकाहरुलाई सेमरी छोरङान अवार्ड पनि दिने अध्यक्ष मोक्तानले जानकारी दिनु भयो । तामाङ चलचित्रको इतिहास बोकेको पहिलो तामाङ चलचित्र सेमरी छोरङान भएकोले यस चलचित्रको नामबाट अवार्ड दिन लागेको हुँदा यस विषयमा के कसरी जाने भन्ने सवालमा पत्रकारहरुसंग छलफल पनि गरेको थियो । यो छोटो चलचित्र `सामाजिक संजाल´ प्रदर्शन पश्चात् अन्य निर्माण भएका तामाङ कथानक चलचित्रहरु पनि प्रदर्शन गर्ने संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।                                                                                      सम्मेलनमा संघका कोषाध्यक्ष जोगलाल लामा, महासचिव सुनिता लुङबा, उपाध्यक्ष दिपक लामा, रितुराज पाख्रीन लगायत पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो ।

Comments

comments