नाम्सादिम संबाददाता
बैशाख २, बाैद्ध / तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा शुक्रबार बैशाख २ गते विहानैदेखी शुरु भएको छ । तामाङ समुदायले आदिम कालदेखि मनाउँदै आएको जात्रा चैत्र पुर्णिमको अघिल्लो दिन बौद्ध र पुर्णिमाको दिन स्वयम्भूमा मनाउँदै आइरहेको छ । बौद्ध र स्वयम्भूमा हुने तेमाल जात्रा शुक्रबार बिहानैदेखि बौद्धमा विभिन्न ठाउँबाट आएका भक्तजनहरुले आफ्नो पितृहरुको नाममा म्हारमेन नाङसाल ( दिप) बाल्ने मोन्लम गर्ने, कोरा गर्ने लामाहरुबाट पूजापाठ गर्ने गरेर मनाइरहेका छन ।

तेमाल जात्रा मान्नका लागी काभ्रेपलान्चोक,सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप,भक्तपुर,ललितपुर, काठमाडौं, मकवानपुर, भारतदेखि पनि भक्तजनहरु आउने गरेका छन । उक्त मेलालाई सहज बनाउनका लागि बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ कल्याण गूठीलाई जिम्मा लगाएको समितिका कार्यकारी निर्देशक नयन लामा (नवीन)ले नाम्सादिमलाई जानकारी दिनुभएको छ । नेपाल सरकार संस्कृती,पर्यटन तथा नागरिक उडडयन् मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति भएर यहि चैत्र २८ गते पदभार जिम्मेवारी लिएकाले यसपटक खासै तयारी गर्ने समय नभए पनी कार्यक्रम  राम्रो बनाउन आफू लागि पर्ने लामाले बताउनु भयो ।

विगतमा झै यसपटक पनि तेमाल जात्राका दिन गाउँबाट मेला भर्न आएका तामाङहरुलाई असहज नहोस भन्दै निःशुल्क पानी, जुस वितरण गरिरहेका छन । साथै भक्तजनहरुलाई बत्ती बाल्न कोरा अनि पूजा गर्नका लागि भिडलाई सहज बनाउन स्वयंसेवकहरु खटाएको लामाले बताउनु भयो ।

Comments

comments