काठमाडौँ —नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई सर्वसम्मतबाट चयन भएका छन् ।

चितवनको सौराहामा चैत ६-८ सम्म भएको महाधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्षमा अमरध्वज लामा (खुला), जगतमान दोङ (संस्थागत), सरु राना (महिला), कमन देवान (अल्पसंख्यक) छन् ।

त्यसैगरी महासचिव मिलन लिम्बु र ६ जना सचिवमा खुल्लातर्फ बुद्धविर बाहिङ राई, समीर बलामी र विश्वराज तामाङ, महिलातर्फ अन्जना सिल्पकार, छेटु शेर्पा (संस्थागत) र यमन राई डोने दनुवार (अल्पसंख्यक) निर्वाचित भएका छन् । कोषाध्यक्षमा लाला गुरुङ र सहकोषाध्यक्षमा सन्चु ब्लोन तामाङ छन् ।

खुला सदस्यमा हर्कबहादुर घर्तीमगर, बुद्ध योन्जन लामा, लाकेश लिवाङ, गजेन्द्र राई, कमलसिंह थारु, सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजाता निङलेकु लिम्बु, मन्जुकुमारी श्रेष्ठ, बिना राई, रोशनी कावर, उद्धव चेपाङ, बिदुर खवास छन् । संस्थागत सदस्यमा देवेन्द्र खापुङ लिम्बु, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ, प्रकाश राई छन् ।

प्रदेश इन्चार्ज सदस्यमा प्रदेश–१ भक्तसेर लिम्बु, मधेस प्रदेश निरज पिठाकोटे, वाग्मती पेमा लामा, लुम्बिनी यमबहादुर गाहा (मिलन), कर्णाली बुद्धिमान पुन मगर, सुदूरपश्चिम भिमबहादुर चौधरी छन् । गण्डकी इन्चार्ज मनोनयन बाँकी रहेको छ । लेखा समिति संयाजक चन्द्र पन्दाक लिम्बु, सदस्यमा उर्मिला गम्वा र झकेन्द्र लावती छन् ।

महाधिवेशनले मातृभाषामा प्रकाशन प्रसारण हुने सञ्चार माध्यमहरुको प्रवर्द्धन, आर्थिक सबलीकरण र दिगोपनाका निम्ति सहयोग गर्न तीनै तहका सरकारसँग माग गर्दै १७ बुँदे घोषणापत्र जारी गरेको छ । ‘साथै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा मातृभाषी सञ्चार माध्यमहरुको लागि अलग्गै संपरीक्षणको व्यवस्था गर्न माग गर्दछ । राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउने कानुनी व्यवस्थाको लागि यो महाधिवेशन जोडदार माग गर्दछ ।’

यसैगरी आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपांगता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि तालिम र अध्ययन अवलोकन भ्रमणको व्यवस्था गर्न यो महाधिवेशन तीनै तहका सरकारसमक्ष जोडदार माग गर्दछ,’ घोषणापत्रमा छ ।

Comments

comments